सुर्खेतमा जीप दुर्घटना, तीनको मृत्यु चार घाइते

फागुन २१, सुर्खेत । सुर्खेतमा बुधबार दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य चार घाइते भएका छन्। 

सुर्खेत वीरेन्द्रनगर–१५ स्थित राउटे गल्छेनामा भएको जिप दुर्घटनामापरि दुईजनाको घटना स्थलमैर एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।   

मृत्यु हुनेहरुमा सुर्खेतको चिडगाड गाउँपालिका ६ का ५० वर्षीय देवबहादुर खड्का, बाँकेको बैज्यनाथ गाउँपालिकाका ४२ खड्कबहादुर विसी र गोमा बुढाथोकी रहेका छन्। 

दैलेखको धरमपोखराबाट सुर्खेतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको  जीप अनयिन्त्रति भई सडकदेखि करिब ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।   

चार जना घाइतेहरुमध्ये दुई अवस्था गम्भीर रहेको र उनीहरुको विरेन्द्रनगर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =