पाटन अस्पतालमा मृत्यु भएका युवकमा देखिएन कोरोना
२०७६ चैत १८ गते

चैत्र १८, काठमाडौं। पाटन अस्पतालमा सोमबार मृत्यु भएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ।
आस्पतलाको आइसियूमा उपचार भइरहँदा ती व्यक्तिको सोमबार मृत्यु भएको थियो। सोमबार कोरोना भाइरस संक्रमणको आशंकामा उनको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
ती व्यक्तिसँगै आइसोलेसनमा उपचार गराइरहेका अन्यन तीनजना व्यक्तिको समेत रिपोर्ट नेगेटिभ आएको अस्पतालका निर्देशक प्रा. डा. बिष्णुप्रसाद शर्माले बताए।

उनले भने, ‘मृत्यु भएका व्यक्तिसँगै कोरोना भाइरस संक्रमण भएको आशंकामा आइसोलेसनमा राखेर उपचार गराइरहेका तीनजनाको पनि रिपोर्ट नेगेटिभ आएको छ।’ प्रा. डा. शर्माले रिपोर्ट नेगेटिभ आएपछि तीनैजनालाई डिस्चार्ज गरिएको बताए।
२०७६ चैत १८ गते
प्रतिक्रिया
सम्बन्धित








