शाओमीद्वारा नेपालमा ‘रेडमी ८ए डूअल’ सार्वजनिक

फागुन १८, काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज (आइतबार) रेडमी ए सिरिजको अर्को पुनरावृत्ति नयाँ औरा एक्सग्रीप डिजाइन र डूअल रियर क्यामेरा भएको रेडमी ८ए डूअल नेपालमा सार्वजनिक गरेको छ । 

रेडमी ए सिरिजलाई उझै उत्कृष्ट बनाउँदै पहिलो पटक रेडमी ८ए डूअलमा डूअल क्यामेरा राखिएको छ । यसमा १३ एमपी प्राइमरी सेन्सर रहेको छ जसलाई उत्कृष्ट पोट्रेटका लागि २ एमपी डेप्थ सेन्सरले समर्थन गरेको छ । हार्डवयरमा शाओमीको एआई सिन डिटेक्शन र एआई पोट्रेट मोड रहेको छ । यसको फ्रन्टमा, सेल्फी, भिडियो कल र एआई फेस अनलकलाई ८ एमपी क्यामेराले सहज बनाएको छ ।  

रेडमी ८ए डूअलमा नयाँ औरा एक्सग्रिप डिजाइन रहेको छ जुन रेडमी ८ए मा प्रस्तुत गरिएको औरा वेभ ग्रिप डिजाइनमा सुधार गरिएको बताइएको छ । औरा एक्सग्रिप डिजाइनले रियरमा रहेको मेस प्याट्रनले प्रिमियम अनुभव प्रदान गर्नुका साथै फिङगर प्रिन्टलाई नियन्त्रण गर्दै उत्कृष्ट पकड सक्षम गर्दछ ।  

Redmi 8A Dual.jpg

६.२२ इन्च डट नोच एचडी प्लस डिस्प्लेका साथ रेडमी ८ए डूअलमा १९ः९ एसपेक्ट रेसियो रहेको छ जसले इमर्सिभ अनुभव प्रदान गर्दछ । यसमा ५००० एमएएच उच्च क्षमताको दुई दिन टिक्ने ब्याट्रीका साथ १८ वाट फास्ट चारजिङ्ग (१० वाट चार्जर इनसाइड बक्स) छ । यसले टाइप–सी पोर्टका साथ रिभर्स चारजिङ्ग सर्पोट गर्दछ । पर्फमेन्सका लागि यसमा क्वालकम स्न्यापड्रेगन ४३९ अक्टा–कोर चिपसेट छ । ३ जीबी प्लस ३२ जीबी भेरियन्टमा उपलब्ध रहेको यो स्मार्टफोनमा २ प्लस १ डूअल सिम स्लट छ । डेडिकेटेड माइक्रो एसडी कार्डले ५१२जीबी सम्म स्टोरेज एक्सपानसनमा सर्पोट गर्दछ ।  

रेडमी ८ए ले उच्च गुणस्तरको प्रतिबद्धता गर्दै यसमा भएको कर्निग गोरिला ग्लास ५ र एद्दष् न्यानो कोटिङ्गले दुर्घटनाबस खस्दा र सामान्य गिरावटबाट सुरक्षित राख्दछ । 

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हामी रेडमी ए सिरिजका स्मार्टफोनहरुमा सबैका लागि उत्तम प्रविधि उपलब्ध गराउँन निरन्तर केन्द्रित छौं । यो नयाँ उत्पादन नेपालका सबै एमआई फ्यानहरुका लागि ल्याउन पाउँदा हामी निकै खुशी छौं ।’ 

रेडमी ८ए डूअल सी ब्लू, स्काई ह्वाईट र मिडनाइट ग्रे कलर भेरियन्टमा उपलब्ध हुनेछ । ३ जीबी प्लस ३२ जीबी भेरियन्ट १२ हजार ९ सयमा मार्च २, २०२० (१९ फागुन, २०७६) बाट सबै अफलाइन स्टोरहरु, रिटेल पार्टनर र अनलाइन पार्टनर दराज डट कम डट एनपी  (Daraz.com.np) र सस्तो डिल (Sastodeal) मा उपलब्ध हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *