दिल्ली हिंसा: पक्राउ परे शाहरुख

  

फागुन २०, काठमाडाैँ । गत २४ फेब्रुअरीमा भारतको राजधानी नयाँ दिल्लीको जाफराबाद क्षेत्रमा हेड कन्सटेबल दीपकमाथि रिभल्बर ताक्दै गरेको देखिएका शाहरुखलाई प्रहरीले पक्राउ गरेको छ । 

दिल्ली प्रहरीको आधिकारिक स्रोतले शाहरुखलाई पक्राउ गरिएको पुष्टि गरेको छ । समाचार एजेन्सी एएनआईका अनुसार उनलाई दिल्ली प्रहरीको क्राइम ब्रान्चको टोलीले उत्तर प्रदेशबाट पक्राउ गरेको हो । 

दिल्ली हिंसाको दौरान शाहरुखको भिडियो सबैभन्दा चर्चित बनेको थियो । भिडियोमा शाहरुखलाई दिउँसै प्रहरीमाथि पेस्ताल ताकिरहेको देखिएको थियो । उनको पछाडिको भीड ढुङ्गा फालिरहेको देखिएको थियो । रातो सर्ट लगाएका युवक पेस्तोल ताक्दै भीडसँगै अगाडि बढ्छन् । त्यसपछि गोली चलेको आवाज पनि सुनिन्छ । 

द हिन्दूका पत्रकार सौरभ त्रिवेदीले उक्त भिडियो ट्वीट गर्दै लेखेका थिए, ‘नागरिकता संशोधन विधेयक  (सीएए) विरोधी प्रदर्शनकारी जाफराबादमा फायरिङ गरिरहेका छन् ।’ पछि ती युवक सीएए समर्थक भएको पनि बताइयो । यस विषयमा ठूलै बहस चलेको थियो । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *