नेपालमा थप एकलाई कोरोना भएको पुष्टि
२०७६ चैत १० गते

चैत्र १०, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा एक व्यक्तिलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको बताएको छ। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा कतारबाट आएका एक जनामा कोरोना संक्रमण देखिएको जानकारी दिइएको हो।
फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीय युवतीमा कोरोना देखिएको हो। फ्रान्समा अध्ययनरत गत मंगलबार उनी नेपाल आएकी हुन्। उनलाई कोरोनाको आशंका गरिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा राखेर उपचार गरिँदैछ।
उनलाई आइतबारदेखि आइसोलेसनमा राखेर उपचार गरिरहेको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताए। उनीसँग आएका र सम्पर्कमा पुगेकाहरुलाई निगरानीमा राखिएको बताइएको छ। केही साताअघि चीनको वुहानबाट फर्किएका एक व्यक्तिमा पनि सङ्क्रमण भएको देखिएको थियो। अहिले उनी स्वस्थ भइसकेको बताइएको छ।

२०७६ चैत १० गते
प्रतिक्रिया
सम्बन्धित








