जनमोर्चाको संगठनात्मक अभियान स्थगित
मकालु खबर
२०७६ चैत ९ गते
चैत्र ९, काठमाडौँ। राष्ट्रिय जनमोर्चाले सङ्गठनात्मक अभियान स्थगित गरेको छ। चैत महिनाका लागि तय गरेको संगठनात्मक अभियान जनमोर्चाले स्थगित गरेको हो।
आइतबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको विश्वव्यापी खतरा र त्यसको नेपालमा परेको असर र त्रासलाई ध्यान दिँदै अभियान स्थगित गर्ने निर्णय गरेको हो। ‘राष्ट्रिय रूपमा चलेको अभियान भने हाललाई स्थगित गरिएको जानकारी गराउन चाहन्छौ,’ विज्ञप्तिमा उल्लेख छ।
जनमोर्चाले संगठनात्मक अभियानको कार्यक्रमलाई स्थगित गरे पनि कोरोना भाइरसको सम्भावित खतरामाथि ध्यान दिँदै त्यसबारे जनतामा व्यापक चेतना दिने र त्यसबाट बच्न जनतामा उच्च प्रकारको सतर्कता दिने काममा लाग्नु राष्ट्रिय दायित्व भएको जनाएको छ।
मकालु खबर
२०७६ चैत ९ गते
प्रतिक्रिया