गृहमन्त्री थापाले नियमित भेटघाट नगर्ने
२०७६ चैत ९ गते

चैत्र ९, काठमडौं। गृहमन्त्री रामबहादुर थापाले अत्यावश्यक बाहेकका सबै भेटघाट बन्द गरेका छन्। कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापी महामारीको सम्भावित संक्रमणबाट जोगिन अत्यावश्यक बाहेकका सबै भेटघाट बन्द गरिएको हो।
गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार नियमित प्रत्यक्ष भेटघाट र डेलिगेसनका सबै कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ। गृहमन्त्री थापाले आज मात्र लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई भेट गरेका थिए।
राजदूतसँगको भेटमा कोरोनाको संक्रमणबाट जोगिन दुई देशको सिमालाई कसरी व्यवस्थित गर्ने विषयमा छलफल भएको थियो।

२०७६ चैत ९ गते
प्रतिक्रिया
सम्बन्धित








