कोरोना कोषमा अक्षयले दिए यति धेरै रकम, माेदीले दिए धन्यवाद
२०७६ चैत १६ गते

चैत्र १६, काठमाडौं । भारतीय चर्चित अभिनेता अक्षय कुमारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम कोषमा २५ करोड सहयोग गरेका छन् ।
विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण लागि प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको कोषमा अभिनेता अक्षयले २५ करोड सहयोग दिने घोषणा गरेका हुन् ।
अक्षयले सबैसँग सहयोगका लागि अपिल समेत गरेका छन् । मोदीले उनलाई धन्यवाद समेत दिएका छन् ।

कमेडियन कपिल शर्माले ५० लाख सहयोगको घोषणा गरिसकेका छन् भने अभिनेता प्रभासले ४ करोड दिने बताएका छन् । अन्य सेलिब्रेटीहरुले पनि सहयोग गरिरहेका छन् ।
भारतमा अहिले २१ दिने लकडाउन गरिएको छ । त्यहाँ हालसम्म २५ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ भने विश्वभर ६ लाख बढी संक्रमित भएका छन् ।
२०७६ चैत १६ गते
प्रतिक्रिया
सम्बन्धित








