रोजगार संयोजकको करार अवधी एक वर्ष थप

फागुन २८, काठमाडौं । रोजगार संयोजकको करार अवधी एक वर्ष थप भएको छ ।  स्थानीय तहको रोजगार सेवा केन्द्रमा कार्यरत रोजगार संयोजकहरुको एक वर्षको करार अवधी एक वर्ष थप भएको हो ।   

यहीँ फागुन २५ फागुनबाट रोजगार संयोजकको समयावधि सकिएको थियो । सकारले करार अवधि फेरि एक वर्ष थप गरेअनुसार ७५३ जना रोजगार संयोजकको जागिर अर्को एक वर्षका लागि लम्बिएको हो ।   

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले करारमा कार्यरत रोजगार संयोजकको रोजगार अवधी सम्बन्धित स्थानीय तहबाटै थप गर्न सकिने जानकारी स्थानीय सरकारलाई गराएको छ । 

Image result for श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

सोही अनुसार अब सम्बन्धित स्थानीय तहले आफ्नो तहमा कार्यरत रोजगार संयोजकको करार अवधि थप गर्न सक्नेछन् ।   

यसअघि फागुन २०७५ मा एक वर्षे अवधिका लागि ७५३ स्थानीय तहमा रोजगार संयोजकको नियुक्ती भएको थियो । 

रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधा सम्बन्धी मापदण्ड २०७६ अनुसार अब उनीहरु स्थानीय तहबाटै नियुक्त भएको मानिने छ । चालु आवको बाँकि अवधि र आगामी आवको सेवा सुविधा भने मन्त्रालयबाटै व्यवस्था हुने भएको छ ।   

रोजगार संयोजक एक वर्षका लागि नियुक्त गर्न सकिन्छ । तर स्थानीय तहले सूचिकृत अस्थायी दरवन्दीमा आर्थिक वर्ष ननाघ्ने गरी एक पटकमा बढीमा एक वर्षका लागि पुनः करारमा सम्झौता गरेर काममा लगाउन सकिने व्यवस्था गरिएको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *