कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार पत्रकार बुढाथोकीलाई

फागुन, १८ विराटनगर । कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्टमा कार्यरत किशोर बुढाथोकीलाई प्रदान गरिएको छ ।   

प्रेस संगठन मोरङको सोमबार विराटनगरमा आयोजित सपथ ग्रहण समारोहकाबीच सो पुरस्कार प्रदान गरिएको हो । बुढाथोकी विगत लामो समय देखि अन्नपूर्ण पोष्टका लागि विराटनगर संवाददाता रहेर काम गर्दै आईरहेका छन् । उनलाई १० हजार १ सय ११ रुपैयाँ नगद राशी सहित पुरस्कार प्रदान गरिएको छ ।   

प्रेस संगठन मोरङको कार्यसमितिको सपथग्रहण कार्यक्रमको अवसरमा प्रदान गरिएको सो पुरस्कार यसअघि तत्कालिन प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा वितरण गरिदै आईएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 8 =