चलचित्र ‘पानी फोटो’ को प्रर्दशन मिति तोकियो
मकालु खबर
२०७६ फागुन २२ गते
फागुन २२, काठमाडौँ । अभिनेता खगेन्द्र लामिछानेको डेब्यू निर्देशनमा बनेको चलचित्र ‘पानीफोटो’ को प्रदर्शन मिति तोकिएको छ ।
चलचित्रको प्रदर्शन मिति चलचित्र युनिटले आगामी २०७७ साउन ३० गते तोकेको हो ।
चलचित्रमा खगेन्द्रसँगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, प्रकाश घिमिरे, श्यामकुमार खड्का लगायत कलाकारको अभिनय रहेको छ ।
टुकी आर्टस् र मञ्जुश्री फिल्म प्रोडक्शनको ब्यानरबाट निर्माण भएको यस चलचित्रमा पन्ध्र वर्ष अघि हराएको आफ्नो छोराको पर्खाइमा बसेका बाउआमाको कथालाई समेटिएको छ । खगेन्द्रकै कथा लेखन भएको ‘पानीफोटो’ लाई रोजिना सिटौला र रविन्द्र बज्रचार्यको लगानी गरेका हुन् ।
मकालु खबर
२०७६ फागुन २२ गते
प्रतिक्रिया
सम्बन्धित