नग्न दृश्यबारे करिनाले भनिन्, ‘जसले जे सुकै भनोस्, यसमा मलाई गर्व छ’

फाेटाे स्राेतः गुगल 

फागुन २७, काठमाडाैँ ।  करिना कपुर खान चर्चामा छाइरहन्छिन् । उनी आफ्नो करियर र नीजि जीवनबारे जसरी खुल्ला रुपमा आफ्नो विचार प्रस्तुत गर्छिन् त्यसका लागि पनि उनी चर्चामा हुन्छिन् । करिनाले हालै एक भारतीय मिडियासँगको कुराकानीमा आफ्नो नग्न दृश्य र विवाहपछि ‘सौतेनी आमा’ को ट्यागबारे खुल्ला रुपमा कुराकानी गरेकी छिन् । 

पिंकभिल्लासँगको कुराकानीमा करिनाले भनिन्, ‘मैले सधैं यो ‘डिभा इमेज’सँग लडाईं लडेकी छु । आखिर यो कहाँबाट सुरु भयो, त्यो मलाई नै थाहा छैन । मलाई लाग्छ कि मेरो ‘पू’ को भूमिकाबाट मानिसहरुले मलाई यसरी हेर्न सुरु गरे ।’ 

Image result for करिना कपुर

उनी थप्छिन्, ‘मानिसहरुले मेराबारे सधैं यस्तै सोच्दै आएका छन् । सुरुमा मलाई नराम्रो लाग्थ्यो, रिस पनि उठ्थ्यो तर अब मलाई यो ट्यागसँग कुनै आपत्ति छैन  ।’ 

साथै उनलाई फिल्म ‘हिरोइन’ मा दिइएको नग्न दृश्यबारे प्रश्न सोध्दा उनले भनिन्, ‘यो फिल्मका लागि म अत्यधिक गर्व महसुस गर्छु । जसले जे सुकै भनोस् । मैले यो फिल्ममा आफ्नो सबैकुरा दिएँ यहाँसम्म कि यसका लागि नग्नसमेत भएँ । दर्शकको जस्तो सुकै प्रतिक्रिया होस् तर यो फिल्म मेरो लागि खास छ ।’ 

करिना कपुरलाई त्यसपछि सारा अली खानकी सौतेनी आमा भएको नाताले उनीसँगको सम्बन्ध कस्तो छ भनेर पनि प्रश्न सोधियो । प्रश्नको जवाफमा उनले भनिन्, ‘मानिसहरुले अहिले पनि मलाई सौतेनी आमा भन्छन् रु यसबारे त मलाई थाहै थिएन । म आफ्नो जीवनलाई कुनै पनि हालतमा यसरी हेर्दिनँ । यस्तो कसैले पनि गर्नु हुँदैन ।’ 

फिल्मको कुरा गर्नुपर्दा करिना इरफान खानसँग फिल्म ‘अंग्रेजी मिडियम’ मा देखिनेछिन् । यो फिल्म मार्च १३ मा रिलिज हुँदैछ ।  एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 18 =