१२८ श्रमिकको उद्धार

चैत्र १८, बर्दिया। लकडाउनका कारण अलपत्र  १२८ श्रमिकको बारबर्दिया नगरपालिकाले कोहलपुरबाट  उद्धार गरेको छ । नगरपालिकाबाट काम गर्न गएका श्रमिक विभिन्न आयोजना बन्द भएपछि अलपत्र परेका थिए । 

गत मङ्गलबारदेखि  लकडाउन भएपछि सबै काम ठप्प भएकाले आयोजना र कम्पनीले मजदूरलाई घरसम्म पु¥याउने भने तापनि बाँकेको कोहलपुरमा ल्याएर अलपत्र छाडिदिएका थिए  ।   

अलपत्र  श्रमिकले बिहान खबर गरेपछि उद्धार गरी ल्याइएको बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारु कबिरले बताए । उनले उद्धार गरिएका सबैलाई मास्क दिइएको र सबैको यात्रा विवरण लिइएको बताए ।   

यस्तै चिकित्सकबाट स्वास्थ्यजाँच र काउन्सिलिङ गर्दै खाजा खुवाई होम क्वारेन्टाइनसम्म पठाइएको उनको भनाइ छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *