राष्ट्रिय वाणिज्य बैंककाे युवा लक्षित कार्यक्रमकाे चौथो चरणकाे शुरूवात

फागुन ३०, काठमाडाैँ ।  गर्भीलो इतिहास बोकेको देशकै सरकारी बैंकले विशेष गरी युवा वर्गहरुको लागि गर्नुपर्ने सामाजिक उत्तरदायीत्व अन्तर्गत आज एक समारोह बिच RBB Empowerment Academy को चौथोे चरणको कार्यक्रम गण्डकी प्रदेश को लागि शुरुवात गरेको छ ।  

फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको यस एकेडेमीबाट युवावर्ग लगायत सबैले लाभ लिन सक्नेछन् । यस एकेडेमीले  आज शुक्रबारबाट चैत्र १० गते सम्म निःशुल्क आवेदन दिन सक्ने गरी वित्तीय क्षेत्रमा रोजगारी पाउन तिन दिने टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकिङ्ग विषयगत तयारी कक्षा २०७६ चैत्र १४ देखि चैत्र १६ गते सम्म पोखरामा  संचालन गर्दैछ ।  

गण्डकी प्रदेश अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विधार्थीहरु (कुनै प्रकारको काममा आवद्ध नभएको) लाई मात्र लक्षित गरी आवेदन आव्हान गरीएको छ । वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवा विद्यार्थीहरुले यसबाट भरपुर लाभ लिन सक्नेछन् । वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्धारा निःशुल्क रुपमा दिइने छ ।   

कार्यक्रममा उपस्थित सबैजनालाई राष्ट्रिय वाणिज्य बैंक, गण्डकी प्रदेशका प्रमुख ऋशि राम ढकालले स्वागत गर्दै युवा लक्षित ट्रेनिङ्ग आफ्नो प्रदेशमा पनि गर्न लागेकोमा खुशी व्यक्त गरे । 

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद लम्सालले ५५ वर्षको गर्भीलो इतिहास बोकेको सरकारी बैंकको नाताले युवा वर्गहरुको वृति विकाशका लागि र समाजलाई केही योगदान दिने उद्देश्यले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यो तालिम संचालन गरिएको कुरा बताए । वित्तीय क्षेत्रमा आफ्नो करीयर बनाउन ठूलै शिक्षीत जमातहरु लालायीत भइरहेको परिप्रेक्षमा , रोजगार उन्मुख यस्ता किसिमका तालिमहरुले युवकहरुको वृतिविकाशमा धेरै सहयोग गर्ने कुरामा उनले  विश्वास व्यक्त गरे ।   

आवेदकहरु मध्ये निश्चित क्राइटेरीयाको आधारमा ५० जनालाई छानेर बैंकले उक्त तालीममा सहभागी गराई पेड इन्टर्नसीपमा निश्चत अवधिको लागि राख्नेछ । सम्भवतः नेपालमै पहिलो पटक बैंकले निशुल्क रुपमा आयोजना गरेको युवा लक्षित यस्तो किसिमको रोजगारी उन्मुख तालिमहरु निकट भविश्यमै बाकी प्रदेशहरुमा पनि संचालन गरिनेछ । 

यो कार्यक्रम प्रदेश नं १ र ३ मा सम्पन्न भई तालिम लिएकाहरु हाल बैंकमा इन्टर्नको रुपमा आवद्ध छन् । साथै प्रदेश नं २ मा यहि चैत्र ७, ८, ९ मा तालिम हुन गइरहेको छ । बैंकको अफिसियल वेबसाईट www.rbb.com.np मा इन गरी वा बैंकको फेसबुक पेजबाट पनि बिस्तृत जानकारी प्राप्त गर्न सकिने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *