सिटिजन्स बैंकद्वारा महेन्द्र माविलाई पाँच लाख सहयोग

फागुन २९, काठमाडौं । सिटिजन्स बैंकले ज्ञानेश्वर स्थित महेन्द्र भवन माध्यामिक आवाशिय विद्यालयलाई पाँच लाख आर्थिक सहयोग प्रदान गरेको छ ।   

बैंकले संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत विद्यालयको शौचालय निर्माणकोे लागि पाँच लाख आर्थिक सहयोग प्रदान गरेको हो ।   

बैंकमा आयोजित एक कार्यक्रमकाबीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।   

विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखी बैंकले यो सहयोग प्रदान गरेको हो ।   

नेपाल सरकारले अवलम्बन गरेकोसुखी नेपाली सम्वृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकको विश्वास छ   

बैंकले भविष्यमा सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम संचालन गर्ने बताएको छ ।   

हाल बैंकले देशैभरीका ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।   

यस्तै, ग्राहकलाई निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ ।   

सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधि मैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ ।   

अन्तराष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरीद गर्दा २० प्रतिशतसम्म क्यास ब्याक योजना सञ्चालनमा रहेको बैंकका प्रवक्ता उमंग शर्माले बताए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *