अब वैदेशिक रेमिटेन्स सिधैं लाभग्राहीको बैंक खातामा जम्मा हुने

फागुन २९, काठमाडौं । वैदेशिक रेमिटेन्स कारोबारहरु सिधैं लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन आईपे रेमिट प्रा.लि.नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको एनसीएचएएल आइपीएस र कनेक्ट आइपीएस ई पेमेन्ट प्रणालीहरुमा आवद्ध भएको छ ।   

अब आईपे रेमिटका कम मुल्यका भुक्तानी कारोबारहरु कनेक्ट आइपीएस ईपेमेन्ट प्रणाली मार्फत रियल टाइममा र अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल आइपीएसमार्पmत तोकिएको समय सीमामा अन्य भुक्तानी कारोबारहरु गर्न सकिन्छ । 

एनसीएचएलले आफ्ना प्रणालीहरु मार्फत बैंक खातामा आधारित विभिन्न भुक्तानी कारोबारहरुलाई सहजीकरण गरिरहेकोमा रेमिटेन्स पनि ती मध्येको एक महत्वपूर्ण कारोबार हो । यसमा हाल सम्म ६ वटा रेमिटेन्स कम्पनीहरु र ३० वटा गैर बैंक संस्थाहरु अप्रत्यक्ष/प्राविधिक सदस्यको रुपमा आवद्ध रहेका छन् । 

६ वर्ष अगाडि स्थापना भएको आईपे रेमिट नेपालको अग्रणी रेमिटेन्स कम्पनीहरु मध्येको एक हो । यसले १० लाखभन्दा बढि आप्रवासी कामदारहरुको परिश्रमको कमाईलाई नेपालमा रहेका आफ्ना परिवारहरुलाई छिटो, सुरक्षित र भरपर्दो तरिकाले पठाउन विभिन्न प्रविधि र सहकार्यको माध्यबाट सहयोग गर्दै आएको छ । 

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेडद्वारा प्रवद्र्धित एनसीएचएलले राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्दै आएको छ ।   

हाल सबै जसो बैंक तथा वित्तिय संस्थाहरुको सहभागीतामा यसका एनसीएचएल ईसीसी, एनसीएचएल, कनेक्ट आईपीएस, ई पेमेन्ट र कनेक्ट आरटीजीएस प्रणाली संचालनमा रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *