ओपो एफ १५ नेपालमा सार्वजनिक हुने निश्चित

फागुन २७, काठमाडौं । अग्रणी वैश्विक स्मार्ट उपकरण ब्राण्ड ओपोले आफ्नो नयाँ फ्ल्यागशिप मोडल अन्तर्गत ओपो एफ १५ स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ ।  

कम्पनीले आफ्ना सामाजिक सञ्जालका पेज पोष्ट मार्फत नयाँ उत्पादन सार्वजनिक हुने तयारीमा रहेको जानकारी विस्तारै दिन थालेको हो ।  

ओपोका ब्राण्ड फ्रेन्ड नायिका स्वस्तिमा खड्का, नेपाली चलचित्र उद्योगका ताराहरु शिल्पा मास्के, अनुप विक्रम शाही, नाजिर हुसेन तथा सुपर मोडल सबिता कार्की र मिस नेपाल २०१९ अनुश्का श्रेष्ठ लगायतका सामाजिक सञ्जाल पेजमा समेत फोन सम्बन्धि टिजर पोष्टहरु देखापर्न थालेका छन् ।  

newsabhiyan

ओपोद्वारा प्रस्तुत उत्पादनहरु मध्यकै सर्वाधिक लोकप्रिय सिरिजका रुपमा रहन सफल एफसिरिज कम्पनीले नेपालमा पहिलो पटक सन् २०१६ मा सार्वजनिक गरेको थियो ।  

अब कम्पनीले आफ्नो लोकप्रिय सिरिजलाई ओपो एफ १५ मार्फत थप अगाडी लैजाने तयारी गरेको छ । फोनमा दिइएको स्लिक र फेशनेवल डिजाइनका कारण ओपो एफ १५ले एफ सिरिजको मात्र नभइ समग्र ब्राण्डकै लोकप्रियतालाई थप नयाँ उचाई प्रदान गर्ने विश्वास लिइएको छ । 

ओपो एफ१५ले हल्कापन र डिजाइनको परिभाषामै नयाँ आयाम थप्दै ओपो तथा  एफ सिरिज अन्तर्गत कै सर्वाधिक फेशनेवल स्मार्टफोनका रुपमा स्थापित हुने कम्पनीले दावी गरेको छ ।  

नयाँ उत्पादन सार्वजनिकका लागि ब्यापक प्रचार गर्न थालिएको देखिएतापनि हाल सम्म कम्पनीले उत्पादन सार्वजनिक गर्ने मितिका बारेमा भने तत्काल आधिकारिक जानकारी दिएको छैन । तथापी, प्रचार प्रसार नियाल्दा यही महिना भित्रै उत्पादन सार्वजनिक हुने सम्भावना प्रबल देखिन्छ । 

एफ सिरिज अन्तर्गत कम्पनीको पछिल्लो उत्पादन ओपो एफ११ प्रो नोट्चलेस डिस्प्ले र डुअल क्यामेरा सेटअप सहित सार्वजनिक गरिएको थियो भने एफ११मा भने वाटरड्रप डिस्प्ले उपलब्ध गरिएको थियो ।  

ओपो एफ ११ सिरिजका दुबै फोनहरुलाई हेलियो पी७० एसओसीद्वारा सञ्चारित थिए भने प्रो भर्जनमा ६ जीबी ¥याम र १ सय २८ जीबी आन्तरिक सञ्चय क्षमता र एफ ११ मा भने ४ जीबी ¥याम १ सय २८ जीबी रोम रहेको छ । फोनहरुमा एण्ड्रोइड पाईका साथमा कलरओएस सिक्स दिइएको छ ।  

हाल सम्म कम्पनीले ओपो एफ १५ का विशेषताहरुका बारेमा आधिकारिक जानकारी दिएको छैन । तथापी, सदाझैँ डिजाइन तत्वमा विशेष ध्यान दिँदै आफ्ना फोनका लोकप्रिय फिचर्समा थप सुधार तथा नवप्रवर्तनात्मक प्रविधिहरु पनि नयाँ फोनमा समावेस गरिने आशा हामी सहजै गर्न सक्छौँ ।  

कम्पनीले आउने समयमा आफ्ना सामाजिक सञ्जाल पेज मार्फत फोनका प्रमुख फिचर्सहरु सार्वजनिक गर्दै जाने निश्चित छ । तसर्थ, यदी नयाँ फोनको खोजीमा हुनुहुन्छ भने फोन बारे थप जानकारीका लागि आपो नेपालको सामाजिक सञ्जाल पेजमा अवश्य जानु होला । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *