सानिमा बैंक र आईएमएस स्मार्टबीच सम्झौता

फागुन २२, काठमाडौँ । सानिमा बैंक लिमिटेड र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रा. लि. बीच  एक सम्झौता भएको छ ।   

बैंक लिमिटेड र आईएमएस नेपालबीच सानिमा बैंकका ग्राहकहरुलाई सामसुङको मोबाइल सेट सहज रुपमा मासिक किस्तामा (EMI)  प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । 

सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरु रिकमेन्डेड रिटेल मूल्य (RRP) मा खरिद गर्न सक्नेछन् । यसै गरी बैंकको क्रेडिट कार्ड प्रयोगकर्ताले आकर्षक ब्याज दरका साथ १८ महिना सम्मको मासिक किस्ता (EMI)  भुक्तानी गर्न सक्नेछन् । 

साथै भर्खरै अन्तर्राष्ट्रिय बजारमा लन्च गरिएको Galaxy s20  र Galaxys20+ विशेष मूल्यमा प्रिबुक गर्दा प्रिबुकिङ उपहार समेत प्राप्त गर्न सक्नेछन् ।  

सो सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आईएमएस नेपालको तर्फबाट सेल्स तथा अपरेसन म्यानेजर नारायण प्रसाद भुषालले हस्ताक्षर गरे ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *