स्वदेशमै उपचार गराउने प्रधानमन्त्रीको इच्छा, मिर्गौला नातिनीले दिने !

फागुन १८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुँदैछन् । उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपण बुधबार हुँदैछ ।  

प्राप्त जानकारी अनुसार उनलाई आफ्नो नातेदार पर्ने नातिनीले मिर्गौला दिँदैछिन् । ती नातिनीसँग उनको मिर्गौला म्याच भएपछि उनी दिन तयार भएकी हुन् । उनको नाम भने गोप्य राखिएको छ ।  

प्रधानमन्त्रीको चाहनाअनुरुप दोस्रो पटक प्रत्यारोपण शिक्षण अस्पतालमा हुँदैछ । नेपालका सरकारी अस्पताल र चिकित्सकप्रति भरोसा बढाउन प्रधानमन्त्रीले शिक्षण अस्पताल रोजेको भनाइ छ । प्रम ओलीले नियमित स्वास्थ्य परीक्षण पनि शिक्षण अस्पतालमै गराउँदै आएका छन् भने एपेन्डिसाइटिसको शल्यक्रिया समेत सोही अस्पतालमा गराएका थिए ।  

करिब १३ वर्षअघि दिल्लीमा ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो उनलाई त्यतिबेला बुहारी अन्जनाले आफ्नो मिर्गौला दिएकी थिइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *