अर्थमन्त्री खतिवडाले आज राजीनामा दिँदै, भोली पुनः नियुक्त हुने !

फागुन २०, काठमाडौं । राष्ट्रियसभाो सदस्यको कार्यकाल सकिँदै गर्दा अर्थमन्त्री युवराज खतिवडाले अर्थमन्त्री पदबाट राजीनामा दिने भएका छन् ।  राजीनामा  दिएसँगै डा. खतिवडालाई पुनः अर्थमन्त्रीमा नियुक्ति गरिने तयारी भइरहेको छ ।   

अर्थमन्त्री खतिवडाले आज मंगलबार पदबाट राजीनामा दिने र बुधबार फेरि अर्थमन्त्री मै नियुक्त हुन लागेका प्रधानमन्त्रीको कार्यालय श्रोतले जनाएको छ । राष्ट्रियसभाका १९ जना सदस्यको पदावधि मंगलबार सकिँदैछ । गोलापर्थाबाट दुइवर्षे कार्यकालका लागि चुनिएका १९ जना मध्ये खतिवडा भने राष्ट्रिपतिबाट मनोनित भएका थिए ।   

राष्ट्रियसभा सदस्यको कार्यकाल सकिन लागेपछि उनले मन्त्री पदबाट राजिनामा दिन लागेका हुन् । तर, सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाअनुसार उनलाई राजीनामा लगत्तै प्रधानमन्त्री केपी ओलीले मन्त्रीमा पुनर्नियुक्त गर्न लागेका हुन्। 

प्रधानमन्त्री ओलीले डा. खतिवडालाई पुनः राष्ट्रियसभामा मनोनित गर्न चाहेका थिए तर नेकपा सचिवालय बैठकले राष्ट्रियसभामा नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई लैजाने निर्णय गरेपछि उनलाई पुनः अर्थमन्त्रीमा ल्याउन लागेका हुन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *