सफल शल्यक्रियापछि प्रधानमन्त्रीलाई पोष्ट अपरेटिभ वार्डमा सारियो

फागुन २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रो मिर्गौला प्रत्यारोपण सफल रुपमा सम्पन्न भएको छ । शल्यक्रियापछि प्रधानमन्त्री ओलीलाई अप्रेशन थियटरबाट निकालेर पोस्ट अपरेटिभ वार्डमा सारिएको अस्पताल श्रोतले जानकारी दिएको छ ।   

सोमबार साँझ अस्पताल भर्ना भएका प्रधाानमन्त्री ओलीको बुधबार बिहान १० बजेदेखि शल्यक्रिया सुरु भएर तीन बजेसम्म चलेको थियो । उनलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन् । समीक्षालाईपनि पोस्ट अपरेटिभ वार्डमा सारिएको छ ।   

यसैबीच ओलीको मिर्गौला प्रत्यारोपणबारे अस्पतालले केहीबेरमा अस्पताल परिषरमा पत्रकार सम्मेलन गरेर जानकारी औपचारीक जानकारी गराउँदै छ ।   

प्रधानमन्त्री ओलीको ०६४ मा पहिलोपटक भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण भएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =