यी नै थिए प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने डाक्टरहरु

फागुन २१, काठमाडौं । मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले बुधबार अपरान्ह पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको अहिलेको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको हो ।
‘हाल प्रधानमन्त्रीको स्वास्थ्य स्थिर अवस्थामा छ। उहाँको सबै सूचकांकहरु राम्रो अवस्थामा छन्। प्रत्यारोपित मिर्गौलाले काम गर्न सुरु गरिसकेको छ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्रीको शल्यक्रिया गर्ने टोलीमा डा. उत्तमकुमार शर्मा, डा. प्रेम ज्ञवाली, डा. अनन्तकुमार रहेको अस्पतालले जनाएको छ।

त्यस्तै, प्रत्यारोपण चिकित्सा टोलीमा डा. दिव्यासिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा. रविन नेपाली संलग्न थिए।
त्यस्तै एनेस्थेसिया तथा क्रिटिकल कियर तर्फ डा. अनिल श्रेष्ठ र प्रा.डा. सुवास आचार्यलगाएतका टोली सहभागि थिए ।








