शल्यक्रियापछि प्रधानमन्त्रीको अवस्था स्थिर
२०७६ फागुन २१ गते

फागुन २१, काठमाडौं । भर्खरै मात्र मिर्गौला पत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले बुधबार अपरान्ह पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको अहिलेको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको हो ।
अस्पतालका कार्यकारी निर्देशक प्रेम कृष्ण खड्गाले अहिले प्रधानमन्त्री ओलीको प्रत्यारोपित मिर्गौलाले काम गर्न थालिसकेको जानकारी दिँदै उनका सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेको पनि जानकारी दिएका छन् ।
यस्तै मिर्गौला दान गर्ने ओलीकी भान्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्रीलाई अहिले अप्रेशन थियटरबाट आईसीयूमा सारिएको छ ।

२०७६ फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित








