१ वर्षीय भाइको हत्या गर्ने १२ वर्षीय दाई पक्राउ

२०७६ फागुन २५ गते

फाेटाे स्राेतः गुगल
फागुन २५, कैलाली । कैलालीमा आफ्नै भाइको हत्या गरेको आरोपमा १२ वर्षिय एक दाईलाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नो १ वर्षिय भाइलाई निर्घात कुटपीट गरि हत्या गरेको आरोपमा प्रहरीले कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय उक्त बालकलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार आमा जंगल गएको बेला भाईको हेरचाह गर्न राखिएका उक्त बालकले भाईलाई काठको लट्ठी र हातले कुटपीट गरी गम्भिर घाइते बनाएका थिए ।
दाईको निर्घात कुटपीटबाट गम्भिर भएका उक्त एक वर्षिय बालकको उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

२०७६ फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित