प्रथम उपराष्ट्रपतिद्वारा बरिष्ठ समाजसेवी बस्नेत सम्मानित

फागुन २५,  काठमाडौँ  ।  बरिष्ठ बित्तियकर्मी तथा सामाजिक अभियन्ता सुमित्रा बस्नेत ‘राष्ट्रिय आदर्श नारि सम्मान-२०७६’ बाट सम्मानित भएकी छिन ।  

११० औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर बिगत दुइ दशक देखि अत्यन्तै निष्ठा र समर्पणको साथ आर्थिक, ब्यबसायिक तथा सामाजिक क्षेत्रमा सक्रियतापुर्बक लागि नेपालि नगारिक समाजमा आफुलाई निष्ठापूर्वक समर्पित गर्दै आएको र आफु संलग्न क्षेत्रको माध्यम मार्फत मुलुकको आर्थिक बिकाश, सामाजिक सेवा र नागरिक सेवमा निरन्तर पबित्र सेवाभाबले कार्य गर्दै आएको र सेवा मुलक व्यवसाय , सामाजिक क्षेत्रमा सक्रिय भई महिला शसक्तिकरण, शिक्षा, स्वास्थ्य, रोजगार र विभिन्न सेवामुलक सामाजिक संघ सस्था मार्फत राष्ट्र र समाजको लागि पुर्याएको निरन्तर योगादन स्वरुप बस्नेतलाई राष्ट्रिय प्रेस क्लब नेपालले उनको कार्यलाई उच्च मुल्यांकन गर्दै  बस्नेतलाई प्रथम उपराष्ट्रपति महामहिम  परमानन्द झाको बाहुली बाट ‘राष्ट्रिय आदर्श नारि सम्मान -२०७६’ बाट सम्मानित गरेको हो ।  

उक्त सम्मान कार्यक्रममा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति महामहिम सम्माननिय परमानन्द झाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । 

सामाजिक, आर्थिक, तथा महिला शसक्तिकरण मार्फत राष्ट्र प्रति उत्तरदायित्व बहन गर्दै समाजमा पुर्याएको बिशिस्ट योगदान स्वरुप बरिष्ट समाजसेवी बस्नेत बिभिन्न दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान बाट सम्मानित भईसकेकी छिन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *