सरकारले तथ्यांकसहितको स्वेतपत्र जारी गर्नुपर्छ: डा. अधिकारी

फागुन ३०, काठमाडाैँ । अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. चन्द्रमणि अधिकारीले कोरोना भाइरसको ग्लोबल ईकोनोमीमा ठूलो असर परेको भन्दै नेपालमा पनि यसको प्रभाव परेको बताएका छन् । 

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘कोरोना कहिलेसम्म रहला ? भन्नेबारे विभिन्न देशले आ–आफ्नो तर्क छ । डब्लुएचओले जुनसम्म कम हुन्छ भनेको छ, अमेरिकाले अझै ६ महिनासम्म रहने भनेको छ, ईजरायलले तीन महिना भनेको छ ।’   

उनले कोरोनाका कारण विश्वव्यापी रुपमा टुरिज्म ईण्डष्ट्रीमा क्षति पुगेको छ । कोरोनाको कारण विश्वव्यापी रुपमा मान्छेहरुको प्रभाव परेको छ । म्यान, मेसिन र मनी सबै काम भएको छ । उत्पादनमा असर परेको छ ।’ 

कोरोनाको कारण विश्व अर्थतन्त्रमा कति नोक्शानी हुन्छ भन्नेबारेपनि पछिल्लो समय टिकाटिप्पणी हुन थालेको उनले बताउँदै अधिकारीले भने, ‘कसैले दश खर्बदेखि २० खर्बसम्म नोक्शानी हुन्छ भनिएको छ। यु.एन.को कष्टमर र ट्रेड विभागले भनेको छ । डलरको भाउ बढेको छ । तेलको भाउ कम भएको छ । चालु अर्थतन्त्रमा ठूलो असर परेको छ ।’ 

उनले कोरोनाको कारण नेपालमा जीउ ज्यानको क्षति नभएको तर अर्थतन्त्रमा परेको असरबाट भने जोगिन नसक्ने सुनाए । उनले भने,‘हामी त भारतको स्याटलाईट ईकोनोमीको रुपमा चिनिएको छ । भारतमा असर पर्दा नेपालमा पनि असर पर्छ ।’ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा पनि अहिले ठूलो प्रभाव परेको उनको भनाई छ ।   

उनले आपूर्ति व्यवस्थापनमा समेत समस्या हुने बताए । ‘अहिले स्वास्थ्यसम्बन्धी सामाग्रीको अभाव छ, मास्क तथा स्यानिटाईजेशनपनि अभाव देखिएको छ । अर्को कुरा, क्राउडेडका कारण रन टु सस्टेन सुरु भएको छ ।’ उनले नेपालको आर्थिक वृद्धि लिएको लक्ष्य पूरा नहुने पनि जिकिर गरे । उनले भने,‘सरकारले आर्थिक वृद्धिको लक्ष्य अब पूरा हुँदैन भनेको भए हुन्थ्यो, अब सरकारलाई निहुँ भएको छ । १५ औं योजनाको लक्ष्य प्राप्तिमा पनि असर परेको छ ।’   

अहिलेपनि ५६ प्रतिशत परिवार रेमिट्यान्समा निर्भर भएकोले कोरोनाका कारण ठूलो असर परेको उनको भनाई छ । उनले भने, ‘अहिलेको घडी चूनौतिपूर्ण छ। उनले ब्यांकिङ, टुरिष्ट, ईण्डष्ट्रीमा के कस्तो अवस्था छ? त्यसबारेमा पनि हेर्नुपर्छ । परियोजनाको बारेमा, औषधी सप्लाईको बारेमा पनि हेर्नुपर्छ ।’ 

उनले नेपालको अहिलेको अवस्था के हो ? भन्नेबारे सरकारले स्वेतपत्र जारी गर्नुपर्ने तर्क गरे । उनले थपे, ‘सरकारले एउटा ह्वाईट पेपर तथ्यांकसहित जारी गर्नुपर्छ । सरकारले एकीकृत रुपमा रोड म्याप ल्याउनुपर्छ ।’ उनले बैंकिङ, ईन्भेष्टमेन्ट क्षेत्रमा विशेष राहत दिनुपर्ने तर्क गरे । उनले सरकारसँग भएको पैसा खर्च गर्ने बेला आएको पनि बताए ।   

उनले भने,‘चाहिएको बेला हिरापनि फोड्नुपर्छ । राष्ट्रको ढुकुटीको पैसा सुबैले खर्च गर्नुपर्छ ।’ सरकारले आवश्यक परे रणनीति योजनापनि ल्याउनुपर्ने उनको भनाई छ । बैंकको ऋणको ब्याज र करमा केही रिल्याक्सेसन पनि गर्नुपर्ने उनले सुझाव दिए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *