रोल्पाको कुवारी जङ्गलमा भेटिएको दुई बोरा बम सेनाद्वारा डिस्पोज

फागुन २९, रोल्पा । रोल्पा जिल्ला स्थित थबाङ गाउँपालिकामा दुई बोरा सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय गरेको छ । स्थानीय घाँसीले बुधबार थबाङ–३ टुटुमिरूल स्थित कुवारी जंगलमा बम फेला पारेपछि ईलाका प्रहरी कार्यालय घर्ती गाउँलाई खबर गरेका थिए ।
ईलाका प्रहरी कार्यालय घर्ती गाउँका प्रहरी निरीक्षक शंकर खड्काले उत्तरी रोल्पास्थित प्रहरीले बम रहेको क्षेत्रलाई नियन्त्रणमा लिएर सुरक्षित पारेर बम डिस्पोज गरिएको बताए । बमलाइ रोल्पास्थित नेपाली सेनाको खड्ग दलका सह सेनानी हेमन्त खड्काको टोलीले निष्कृय पारेकाे प्रहरीले निरीक्षक खड्काले बताए ।
सेनाको टोलीले आई एन.टी २ वटा , पि. ई के, ६ वटा र डेटकट ३ मिटर बम निष्कृयगर्न खर्च भएको छ । बिहान १० बजे नै बम फेला पारेको खबर पाएपछि सदरमुकामस्थित जिल्ला सुरक्षा समितिले बिहीबार बम निष्कृय पार्ने योजना बनाएको थियो ।

बोरामा ८० देखि ८५ वटा सकेट बम लाई दुईवटा खाल्टोमा राखेर डिस्पोज गरिसकेको र मानविय क्षति हुनबाट जाेगिएकाे ईप्रका घर्तीगाउँले जनाएको छ । प्रहरी निरीक्षक खड्काका अनुसार बम राखिएको दुई वटा बोरा निकै पुरानो र च्यातिएको जस्तो देखिएकाले तत्कालीन सशस्त्र द्वन्द्वका बेला बिद्रोहीले बम राखेको हुन सक्ने अनुमान गरिएको छ ।








