बर्दियामा भरुवा बन्दुक र ४७ वटा गोलीसहित दुई पक्राउ


फाेटाेः गुगल
चैत्र ६, बर्दिया । बर्दियामा बाटोमा लुकिछिपि बसेको अवस्थामा भरुवा बन्दुक र गोलीसहित दुई जना पक्राउ परेका छन् ।
बुधबार बर्दियाको मधुवन नगरपालिका ७ स्थित गंगा बस्तीमा बाटोमा लुकिछिपि बसेको अवस्थामा भरुवा बन्दुक र सोमा लाग्ने गोली ४७ वटा, केप ८ वटा, बारुद दुई सय ५० ग्राम र २६ पिस छर्रासहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट धनौराबाट खटिएको एपीएफ टोलीले शंका लागि चेकजाँच गर्दा मधुवन नगरपालिका बस्ने ५० वर्षिय लिलबहादुर कुवँर र सोही नगरपालिका ९ बस्ने ३६ वर्षिय दिलबहादुर चौधरीलाई उक्त हतियारसहित पक्राउ गरेको हो ।
साथै उनीहरुको साथबाट एउटा खुकुरी, एउटा बन्चरो, एउटा चक्कु, एउटा मोवाईल र एक थान साईकल समेत फेला पारिएको र उनीहरुलाई बरामद गरिएको सामानसहित कारवाहीकाे लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाईएको एपीएफ टोलीले जनाएकाे छ ।
