बेनेली बाइकका एक्सचेन्ज क्याम्प हुँदै

२०७६ फागुन २७ गते

फागुन २७, काठमाडौँ । नेपाल केटीएम ईन्टरनेशनल ट्रेडिङ, बेनेली बाइकका लागि अधिकृत डिलरले फाल्गुन २८ बाट एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ ।
नक्साल र कुपन्डोलको बेनेल्लीका अधिकृत शोरूमहरुमा आयोजना हुने भनिएको यस एक्सचेन्ज क्याम्प १० दिन सम्म चल्ने बताईएको छ ।
चैत्र ७ गते सकिने भनिएको यस एक्सचेन्ज क्याम्पमा ग्राहकहरुले आफ्ना कुनै पनि ब्रान्डका दुई पाङ्रे साधन बेनेली बाईकसँग उत्तम मुल्याङ्कनमा साट्न सक्ने छन् । यस क्याम्पमा कुनै पनि बेनेली मोडलको खरीद गर्दा आकर्षक छुट हुनुको साथै ग्राहकहरूले लक्की ड्र मार्फत बाइकको सामानहरू, जस्तै ग्लोब्स, हेलमेट र ज्याकेट पनि जित्ने मौका प्राप्त गर्न सक्नेछन्

२०७६ फागुन २७ गते
प्रतिक्रिया