संसदलाई प्लाष्टिक मुक्त बनाउन सांसद पौडेलको माग

फागुन २९, काठमाडौं । राष्ट्रियसभाकी सांसद डा. बिमला राई पौडेलले संसदलाई प्लाष्टिक मुक्त बनाउनु पर्ने माग गरेकी छिन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा बोल्दै सांसद पौडेलले क्यान्सरलाई निम्त्याउने प्लाष्टिकलाई प्रयोगमा ल्याउनै नहुनेमा जोड दिइन् । उनले भनिन्, ‘क्यान्सर लगाउने एउटा महत्वपूर्ण श्रोत भनेको प्लाष्टिक जल्ने वा कुहिदा निस्कने ग्याँस हो ।’   

उनले कम्तिमा सांसदहरु बस्ने बैठकहरुमा, संसदमा प्लाष्टिकका सामान प्रयोगमा रोक लगाउनु पर्नेमा जोड दिइन् । उनले भनिन्, ‘सांसदहरु बस्ने पार्लियामेन्ट सेक्रेटारियटको विल्डिङहरुमा हुने बैठकमा, सकिन्छ सिंहदरवारभित्र, सिंहदरवारलाई हामीले प्लाष्टिको थैली मुक्त क्षेत्र घोषणा भनेका छौं तर प्लाष्टिकका बोतल चै दिन दिनै भित्र छिराइ रहेका छौं । त्यो पनि प्लाष्टिकको झोला जतिनै हानिकारक छ ।’ 

उनले सिंहदरवारलाई पनि प्लाष्टिकको मिनिरल वाटर खाने मुक्त क्षेत्र घोषणा गर्न माग गरेकी छिन् । उनले संसदहरुबाटै यो सुरुवात हुनु पर्ने बताईन् ।  उनले भनिन्, ‘यति सकिदैँन भने पनि संसदहरुले आफ्नो समितिका बैठकहरु बस्दा प्लाष्टिकका बोतलहरु प्रयोग गर्न बन्द गरौं ।’  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *