सलमानलाई मार्न सुपारी लिएका गुण्डा नाइके पक्राउ
२०७६ फागुन ११ गते

फागुन ११, काठमाडौँ । भारतका चर्चित अभिनेता सलमान खानलाई मार्नको लागि सुपारी लिएका एक गुण्डा नाइके पक्राउ परेका छन् ।
सन् २०१८ मा अभिनेता खानको हत्याको लागि सुपारी लिएका गुण्डा नाइके भुरा भनिने रवि मलिकलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रायजसो आफ्ना प्रशंसकहरुसँग कुराकानी गर्न सुरक्षागार्डविना आफ्नो घरको बरण्डामा आउने सलमानलाई मार्न लरेन्स बिश्रोइ गिरोहका सम्पत नेहाले बरण्डामामै मार्ने योजना बनाएका थिए ।

राजस्थानका कुख्यात शुटर मलिक अहिले तिहाड जेलमा छन् ।
२०७६ फागुन ११ गते
प्रतिक्रिया
सम्बन्धित








