निर्मलाको हत्यारालाई कारबाही गरेरै छाड्छौं : मन्त्री शाह

फागुन १७, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश बहादुर शाहले निर्मलाका हत्यारालाई कारबाही गरेरै छाड्ने बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लबमा बोल्दै उनले बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको हत्याका दोषीलाई ढिला भए पनि कानुनी कठघरामा उभ्याउने बताएका हुन् ।
null
उनले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा दोषी पत्ता लगाउनको लागि सुदुरपश्चिम सरकारले तदारुकताका साथ काम गरेको भएपनि अहिलेसम्म दोषी पत्ता लगाउन नसकिएकोमा भने दुःखेसो पोखे ।
उनले भने,‘प्रहरी प्रशासनले पनि गम्भिर भएर अनुसन्धान गरेको हो । कतिपय घट्नामा अनुसन्धानको लागि समय लाग्छ । अनुसन्धानको पाटो जटिल भयो । पीडितले न्याय पाउनुपर्छ । अनुसन्धानमा ढिलाई भएपनि अपराधीलाई कानूनी कठघरामा उभ्याईन्छ । दोषीलाई कारबाही गरिन्छ ।’
आफूहरु ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने अभियानमा जुटेको बताउँदै सोहीअनुसार सशक्त भूमिका निर्वाह गरिरहेको पनि उनले स्पष्ट पारे ।








