एनआईसी एशिया बैंकको नयाँ शाखा धनुषाधाममा

फागुन ६, काठमाडौं । एनआईसी एशिया बैंकले धनुषामा नयाा शाखा विस्तार गरेको छ ।  

बैंकले जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ३ स्थित धनुषाधाममा नयाँ शाखा कार्यालय विस्तार गरी बैंकिङ्ग कारोबार सुरु गरेको हो । आज (मंगलबार) एक कार्यक्रमका बिच शाखाको उद्घाटन सोही नगरपालिकाका मेयर बालेश्वर मण्डलले गरे ।  

उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज, सरल हुने विश्वास बैंकको विश्वास छ ।  

बैंकले हाल मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४४४ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।करिब २१ लाख ग्राहकहरु रहेको उक्त बैंकको प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको बैंकले जनाएको छ ।  

बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रूपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । साथै वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका विभिन्न जिल्लाहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *