मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
२०७६ फागुन १४ गते

फागुन १५, काठमाडौँ । आज बिहान सल्यानमा रा ३ प ८८८८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मोटरसाइकल सडकबाट करिब १५ मिटर तल खसेर सल्यानको कुमाख गाउँपालिका-१ चतारेस्थित पतारे खोलामा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा सोही स्थानका २९ वर्षीय रमेश बुढाथोकी रहेका छन् । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएका छन् ।

२०७६ फागुन १४ गते
प्रतिक्रिया
सम्बन्धित








