ट्रकले ९ गाडीलाई ठक्कर दियो, एकको मृत्यु, ४ घाइते

फागुन १२, काठमाडौं । ब्रेक फेल भएको ट्रकले ९ वटा गाडीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । 

सोमबार साँझ थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रकले ढुंगाअड्डाको ओह्रालोमा अगाडिका  ९ सवारी साधन लाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।   

ब्रेकफेल भएको ना ६ ख २८७१ नम्बरको ट्रकले एउटा स्कोरपियो गाडी, ट्याक्सी, भ्यान, दुईवटा मोटरसाइकल, एउटा कार र स्कुटरलाई ठक्कर दिएको थियो । 

दुर्घटनामा घाइते भएकाहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *