३८ क्वीन्टल सुन तस्करी प्रकरण : गोरेकी श्रीमतीसहित चारजना धरौटीमा रिहा

२०७६ फागुन ५ गते

विराटनगर । सुन तस्करी प्रकरणमा गोरेकी श्रीमतीसहित चार जना धरौटीमा रिहा भएका छन् । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा फरार रहेका चारजना हाजिर भएलगत्तै धरौटीमा रिहा भएका हुन् ।
चुणामणि उप्रेती गोरेकी श्रीमती, नर्वदा, बाजेको सेकुवा कर्नरका सञ्चालक चेतनाथ भण्डारीसहित चारजना धरौटी बुझाएर रिहा भएको जिल्ला अदालत मोरङले बताएको छ ।
यस्तै जिल्ला अदालत मोरङमा ७५ जनाविरुद्ध दायर भएको मुद्दामा फरार रहेका १९ जनाविरुद्ध जिल्ला अदालत मोरङले ३५ दिने सूचना जारी गरेको छ ।
null
जिल्ला अदालत मोरङले म्याद तामेली नभएका १९ जनाको नाममा ३५ दिन भित्र हाजिर हुने गरी सूचना जारी गरेको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिएका हुन् । ।

२०७६ फागुन ५ गते
प्रतिक्रिया
सम्बन्धित