सौराहा फूड फेष्टिबलको तयारी अन्तिम चरणमा, पर्यटन मन्त्रीले उद्घाटन गर्ने

माघ २६, चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा यही माघ २८ गतेबाट सुरु हुने १४ औं सौराहा फुड फेष्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ ।

रेष्टुरेष्ट एण्ड बार एशोसियशन (रेवान) सौराहाको आयोजनामा सिसुवार चौरमा हुने सो फेष्टिवलको स्टल,स्वागत गेट निर्माणको काम अन्तिम चरणमा पुगेको र प्रचार प्रसार तथा आन्तरिक तयारीको काम तीब्र रुपमा भइरहेको छ ।

चितवनको पर्यटन प्रर्वधन गर्ने उद्देश्यले आयोजना गरिएको सो फेष्टिवलको बागमती प्रदेशका पर्यटन मन्त्री अरुण नेपालले उद्घाटन गर्ने रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए । प्रेम दिवसको अवसरमा आयोजित सो फेष्टिवलमा ४० वटा खानाका स्टलहरु रहने खतिवडाले जानकारी दिए । फेष्टिवलमा स्थानीय जातजाती तथा विदेशी खानाको परिकार सँगै स्थानीय कला, संस्कृति, भेषभुषाको प्रर्दशन गरिने फुड फेष्टिवलका संयोजक ध्रुव गिरीले बताए ।

फेष्टिवल अन्तर्गत सौराहाको हात्तीचोक देखि ड्याक सम्म सडकमै खाने र सडमकै रमाउने व्यवस्था मिलाइने छ । सडक किनारमै खाने र सडकका सांस्कृतिक कार्यक्रम अवलोकन गर्ने कार्यक्रम रहेको गिरीले जानकारी दिए । पर्यटकका लागि होटलमा ३० प्रतिशत र रेष्टुरेण्टमा १५ प्रतिशत छुटको व्यवस्था मिलाइएको रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए । फेष्टिवल अन्तर्गत मेयरकप भलिवल प्रतियोगिता, प्रेम पत्र लेखन प्रतियोगिता, वेटर रेस, महिलाहरुको म्युजिकल चेयर, वालवालिकाको बेलुन फुटाइ, डारी तान्ने, अन्तर विद्यालय नृत्य प्रतियोगिता तथा सडक नाटक लगायतका कार्यक्रम हुनेछन् ।

प्रेम दिवसको दिन फेष्टिवल प्रवेशका लागि काटिने टिकटबाट संकलन भएको पैसा मध्य ७५ प्रतिशत रकम गौतमबुद्ध क्रिकेट रंगशालालाई दिइने आयोजकले जनाएको छ । भण्डै साढे दुई करोडको कारोवार हुने अनुमान गरिएको फुड फेष्टिबलमा २० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको संयोजक गिरीले बताए ।

फेष्टिवलको सांस्कृतिक कार्यक्रम अन्तर्गत पशुपती शर्मा, प्रकाश सपूत, सम्झना भण्डारी, दुर्गेश थापा, शान्ती श्री परियार, अलमोडा राना उप्रेती, सम्झना लामिछाने मगर, कमल खत्री, कृष्ण अखेली, दुर्गा सापकोटा, रमेशराज भट्टराई, डिला बिक, रविन लामिछाने, राजन कार्की, अपेक्षा गिरी, जीवन दाहाल, चोलिन्द्र पौडेल, शितल शर्मा, अर्जुन सापकोटा, मनोज महतो, अनु चौधरी, डिबि लोप्चन, शिवहरि ढुंगाना, मुना अर्याल द न्याटिभ ब्याण्ड, बलराम सरकार लगायतका विभिन्न जनतातीका मौलिक नृत्य, स्थानीय कलाकार तथा रत्ननगर कलामन्दिरका कलाकारहरुको आर्कषण नृत्य प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक नविन नेपालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *