धरानमा टिभीएस एनटर्क १२५ रेस एडिसन मोडेलको स्कुटर सार्वजनिक

माघ १९, धरान । टिभीएस मोटर कम्पनीको आधिकारिक बिक्रेता धरान टिभीएस शो रुपमले टिभीएस एनटर्क १२५ रेस एडिसन मोडेलको स्कुटर धरानमा सार्वजनिक गरेको छ ।
नेपालको लागि जगदम्बा मोटर्स प्रालिले धरानमा एक कार्यक्रमको आयोजना गरी टिभीएस एनटर्क रेस एडिसन सार्वजनिक गरेको हो । धरानका लागि आधिकारिक बिक्रेता न्यू कृष्ण ट्रेडर्सले धरानमा उक्त ब्राण्डको बिक्री गरिरहेको कार्यक्रममा जानकारी दिए ।
उक्त स्कुटरमा एलइडी डिआरएल र एलइडी हेडल्याम्प, आकस्मिक बत्ती समेत रहेको छ । उक्त बत्ती रातो रङ्गको हजार्ड स्वीचद्वारा इनेवल गर्न सकिने जगदम्बा मोटर्स प्रालिका अमृत चौहानले जानकारी दिएका छन् ।

उक्त स्कुटर नेपालकै पहिलो स्पोर्टी स्मार्ट स्कुटर रहेको बताउँदै उनले स्कुटरको पछाडीको ब्रेक लगाउँदा अटोमेटिक अगाडीको ब्रेक समेत लाग्ने भएकोले दुर्घटना हुने मौका कम हुने बताए । स्कुटरमा ब्लुटुथ कनेक्सन रहेकोले गर्दा आफ्नो स्कुटर राखिएको स्थानमा रहे नरहेको जहाँ रहेर पनि थाहा पाउन सकिने बताइएको छ ।
म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रङ्गमा पाइने उक्त स्कुटर धरानमा भित्रिएको २ हप्ता मात्र भएको छ । यो २ हप्ताको अवधीमा नै धरानको लागि आधिकारीक बिक्रेता न्यू कृष्ण ट्रेडर्सले ३८ वटा बिक्रि गर्न सफल भएको न्यू कृष्ण ट्रेडर्सका सञ्चालक गंगा लिम्बुले जानकारी दिए ।
आज भएको कार्यक्रममा २ जना ग्राहक मेलिना उप्रेति र अनिता मगरलाई समेत चाबी हस्तान्तरण गरीएको छ । यो सँगै धरानमा मात्र २ हप्तामा ४० वटा स्कुटर बिक्री भइसकेका छन् ।
उक्त स्कुटरको अहिलेसम्म बुटवल, नारायणघाट, पोखरा साथमा काठमाडौँमा सार्वजनिक गरिसकिएको छ । जम्मा २ लाख ४६ हजार ९ सय रूपैयाँ मूल्य पर्ने सो स्कुटरको ४२ र ४५ माइलेज दिने बताइएको छ ।








