ललितपुरमा भेटियो घरको बरण्डामा बम

फागुन ५, काठमाडौँ । सोमबार  ललितपुरमा एक व्यक्तिको  घरको  बरण्डामा बम भेटिएको छ ।   

ललितपुरको गोदावरी नगरपलिका–५ लेले स्थित  शुकराम मिजारको दुई तले घरको पहिलो तलाको बरण्डामा ह्याण्ड ग्रिनेड बम भेटिएको हो । 

आज  बिहान करिब सात बजे भेटिएको उक्त बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले दिउँसो साढे १ बजे बम डिस्पोज गरेको प्रहरीले जनाएको छ । 

Image result for बम

भेटिएको उक्त बम मिजारको घरमा कसले र किन राखिएको खुल्न नसकिएको र यसबारे अनुसन्धान भईरहेको भेटिएको बम कसले किन राख्यो भन्नेबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी कृष्णराज ओझाले जानकारी दिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *