महराकाे स्वागतका लागि कारागार पुगे नेकपाका नेता/कार्यकर्ता

फागुन ५, काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट बलात्कार प्रयास मुद्दामा सफाई पाएका पूर्व सभामुख कृष्णबहादुर महराको स्वागतका लागि सत्तारुढ नेकपाका नेता तथा कार्यकर्ता डिल्लीबजार कारागार पुगेका छन् ।  

खादा र माला लिएर महराका समर्थकहरु डिल्लीबजार कारागार पुगेका हुन् ।  

अभियोगमा गरिएको मागदाबीमा प्रमाण नपुगेको भन्दै जिल्ला अदालतका न्यायधीश अमरराज पौडेलको इजलासले महरालाई आज सफाई दिएको छ ।  

आइतबार महराका पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायत ८ वकिलले बहस गरेका थिए। सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलले जवाफ दिएका थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − nine =