रत्ननगर ५ को वडा कार्यालय भवन शिलान्यास

फागुन २, चितवन ।  सार्वजनिक जग्गा संरक्षण गरि रत्ननगर ५ ले वडा कार्यालय भवन निर्माण सुरु गरेको छ । करिव ४० लाखको लागतमा भवन निर्माण कार्य सुरु भएको वडाध्यक्ष कृष्ण महतोले बताए ।  

चौधरी समुदायको व्रह्मस्थान समेत रहेको सो जग्गा स्थानीयले भोगचलन गर्दै आएका थिए । गत वर्ष सो जग्गा संरक्षण गरिएको थियो । ६ कठ्ठा ८ धुर जग्गा रहेको सो क्षेत्रमा आगामी जेठ १५ भित्र निर्माण सम्पन्न गर्ने गरि भवन निर्माण सुरु भएको वडाध्यक्ष महतोले बताए ।  

जिल्ला समन्वय समितिबाट ३५ लाख र रत्ननगर नगरपालिकाबाट विनियोजित २३ लाख ३५ हजार रकम मध्ये ठेक्का प्रक्रियाबाट ३९ लाख २ हजारमा सम्झौता भएको छ । आफ्नै कार्यालय भवन नहुँदा दैनिक सेवा प्रवाहमा असहज हुनुका साथै मासिक ११ हजार रुपैया भाडा समेत तिर्दै आएको वडा सचिव शंकर गिरीले बताए । 

 यो वर्ष ३ कोठे भवन निर्माण हुने भएपनि क्रमिक रुपमा थप गर्दै जाने योजना रहेको छ । निर्माण हुन लागेको  भवनको शुक्रवार एक कार्यक्रमका बीच पूर्व अर्थमन्त्री एवंम् प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डेले उद्घाटन गरे ।  

सो अवसरमा पूर्वअर्थमन्त्री पाण्डेले आफ्नै भवन निर्माणपछि सजह,सरल रुपमा सेवा प्रवाह गर्न ध्यान केन्द्रित गर्नु पर्ने बताए । शिलान्यास कार्यक्रममा प्रदेश साँसद कृष्ण खनाल,रत्ननगरका मेयर नारायण वन, उपमेयर विमला दुवाडी, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *