नवनियुक्त कानूनमन्त्री शिवमायाद्वारा पदभार ग्रहण

फागुन ५, काठमाडौं । पद तथा गोपनियताको शपथ ग्रहणपछि नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले सोमबार पदभार सम्हालेकी छन् । 

उपसभामुखबाट राजीनामा दिएकी तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्रीमा नियुक्त गरेकी थिइन् । 

नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले सोमबार दिउँसो शीतल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिएकी हुन् । त्यसपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हालेकी हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *