अभिनेता ऋषि कपूर अस्पताल भर्ना, के भएकाे हाे उनलाई ?

माघ १९, काठमाडौं । बलिउड अभिनेता ऋषि कपूर अस्पताल भर्ना भएका छन् । कपूर केही समयअघि आज (आइतबार) दिल्ली अस्पतालमा भर्ना भएका हुन् ।  

ऋषि कपूर केही समयअघि न्यूयोर्कमा क्यान्सरको ट्रिटमेन्ट गरी फर्किएका थिए । अचानक आइतबार स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् । उनी इन्फेक्सनका कारण अस्पताल भर्ना भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।  

एक सञ्चार माध्यमसँग कुरा गर्दै ऋषिले भनेका छन्, ‘मलाई इन्फेक्सन भएको हो । उपचार चलिरहेको छ । त्यस्तो केही समस्या छैन । सायद प्रदुषणको कारणको असर हुनुपर्छ ।’ 

Image result for ऋष‍ि कपूर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *