इतिहास भुल्छौं भन्ने सोचेको होला सम्झिरहेका छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहास सम्झिरहेको बताएका छन् । निर्वाचन आयोगको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले पूर्वजहरुको गौरव र पौरखलाई सम्मान गर्ने तर विगतको नकारात्मक कुरा पनि नभुल्ने बताउँदै इतिहास सम्झिरहेको बताएका हुन् ।   

उनले भने, स्मरण शक्ति कमजोर छ, इतिहास भुल्छौं भन्ने सोचेको होला, धेरै टाढा जानु पर्दैन, नजिकैका दरबार हत्याकाण्ड जस्ता घटनाहरु अथवा माघ १९ जस्ता काला उद्देश्यका साथ प्रकटीकरण भएका काला दिनहरु सम्झिरहेका छौं । ती दिनहरु पार गरेरै आएका हौं ।’ 

उनले लोकतन्त्रिक गणतन्त्रको रक्षा, सुदृढीकरण र विस्तार जनस्तरसम्म गर्न चाहेकोसमेत बताए । 

उनले लोकतन्त्र जालझेलको नभई जनताको अभिमत प्रकटीकरण गर्ने प्रणाली भएको भन्दै जनताको अभिमतलाई अस्वीकार गर्ने पद्धति लोकतान्त्रिक नहुने बताए । उनले भने जनताको अभिमत स्वीकार गर्नुपर्छ, अनि मात्रै लोकतन्त्र भन्ने हुन्छ ।’ 

प्रधानमन्त्री ओलीले सरकारले देशलाई सुशासन र विकासको बाटोमा अघि बढाएको र समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्ने समेत बताए । 

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =