सिटिजन्स बैंकद्वारा सि.सि.टि.भी. जडान गर्न आर्थिक सहयोग

फागुन २, काठमाडौँ ।  सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सुविधा  दिदैं आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पोखरामा सि.सि. टि.भी. जडान गर्न उपभोक्ता समितिलाई आर्थिक सहयोग गरेको छ ।   

यस बैंकले उपभोक्ता समितिलाई  सि.सि. टि.भी. जडान गर्न ७५,००० रकम आर्थिक सहयोग गरहेको हो ।  जिल्ला प्रहरी कार्यालय, कास्कीमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरिएकाे छ ।   

बैंक तथा वित्तीय संस्था, सुनचादी पसल र आर्थिक कारोबार हुने व्यवसायीहरुको सुरक्षाको हेतुले पोखरा महानगर पालिकाको पालीका चोक देखि राष्ट्रबैंक चोक सम्म समितिले सि.सि.टि.भी. जडान गर्ने योजना अगाडी सारेको छ ।  

यस कार्यले उक्त क्षेत्रमा हुने क्रियाकलापको निगरानीमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । सि.सि.टि.भी. जडान पछि आपराधिक क्रियाकलापको अनुसन्धान गर्न नेपाल प्रहरीलाई सहज हुने कुरा समितिले जनाएको छ ।  

शान्ति सुरक्षा कायम गरी अपराध मुक्त समाजको निर्माण गर्नुका साथसाथै अपराध अनुसन्धानमा संलग्न नेपाल प्रहरीका अधिकृत तथा जवानहरुलाई थप हौसला प्रदान गर्नेे विश्वास बैंकले लिएको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ । 

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *