ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

फागुन ६, चितवन । भरतपुर महानगरपालिका–१५ फूलबारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय रामप्रसाद दुवाडी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।     

फूलबारीबाट मङ्गलपुरतर्फ जाँदै गरेको बा १ क ६२५५ नंको ट्रकले विपरीत दिशाबाट आइरहेको ना ५७ प १९ नंको मोटरसाइकललाई सोमबार राति ठक्कर दिएको थियो । ठक्करबाट घाइते दुवाडीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेको छ । 

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *