स्कुटरलाई बसले ठक्कर दिँदा नायिका महिमा सिलवालको मृत्यु

फागुन १, काठमाडौं । नायिका महिमा सिलवाल र उनकी बहिनी शर्मीलाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । धादिङको गजुरीमा उनी सवार स्कुटरलाई बसले उनको घटनास्थलमा नै मृत्यु भएको हो ।   

प्रहरीका अनुसार काठमाडौँबाट चितवन घर जाँदै गरेकी सिलवाल सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई लु २ ख १३५ नम्बरको बसले ठक्कर दिएको थियो । स्कुटरमा सिलवालसहित उनकी बहिनी सर्मिला सिलवाल पनि सवार थिइन् ।  

महिमाको घटनास्थलमा नै मृत्यु भएको थियो भने सर्मिलाको उपचारको लागि काठमाडौँ ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।   

भरतपुर महानगरपालिका-१२ शिवनगरकी महिमाले ‘कारवाही’ चलचित्रबाट डेब्यु गरेकी थिइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *