बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले माग्यो ५९ कर्मचारी (सुचना सहित)

फागुन ७, काठमाडौं । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश विकास स्वयंसेवकको रुपमा काम गर्नेहरुलाई रोजगारीको अवसर प्रदान गरेको छ ।   

बागमती प्रदेशले विभिन्न विषयमा ५९ कर्मचारी माग गरेको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयले स्टाफ नर्स सहित अनमी, अहेव, फार्मेसी सहायक, ल्याब असिस्टेन्ट पदमा कर्मचारी माग गरेको छ ।   

मन्त्रालयले कम्प्युटर अपरेटर, खेलकुद प्रशिक्षक, प्राथमिक शिक्षक, सहजकर्ता समेत माग गरेको छ । मन्त्रालयले स्टाफ नर्समा २१ जना, अनमीमा १४ जना, अहेवमा १३ जना, फार्मेसी सहायकमा ९ जना तथा ल्याव असिस्टेन्टमा ११ जना, कम्प्युटर अपरेटर ११ जना तथा खेलकुद प्रशिक्षकमा १४ जना कर्मचारी माग गरेको छ ।   

No photo description available.

आज प्रकाशित सूचना अनुसार योग्यता अनुसारका पदमा काम गर्न चाहनेले बागमती प्रदेशका विभिन्न स्थानमा काम गर्नुपर्नेछ । योग्यता पुगेका नेपाली नागरिकले सुचना प्रकाशित भएको १५ दिन भित्र रितपूर्वक आवेदन दिनुपर्नेछ ।   

हेर्नुहोस सुचना  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *