‘म जति एक्ली छु, त्यति नै आत्मनिर्भर पनि’
केटाको आमालाई म पुरुषजस्ताे लागेपछि मेरो जिन्दगीको पहिलो सम्बन्ध र विवाह टुट्यो ।
उनीहरु मेरो ताैल अनुसार गहना पनि चाहन्थे ।
यो मेरो लागि दुःखद् थियो किनकी मैँले विवाहअघि नै आफ्नो हुनेवाला पतिसँग भावनात्मक सम्बन्ध बनाइसकेकी थिएँ । यसबाट निस्कन मलाई निकै समय लाग्यो ।
केही वर्षपछि मेरो मित्रता एक नयाँ व्यक्तिसँग भयो । जसको आग्रहमा म नोकरी गर्न आफ्नो शहरबाट दिल्ली आएकी थिएँ । मेराे नयाँ मित्रले मलाई हरेक किसिमले विश्वास दिलायो कि ऊ मलाई मन पराउँछ । र म जस्तो छु, उसका लागि ठीक छु ।
उसका ती कुराले मेरो मन जित्यो । ऊ मसँग विवाह गर्न चाहन्थ्यो ।
यही भनेर उसले मलाई पहिलो सम्बन्ध बनाउनका लागि तयार गर्यो कि ऊ तुरुन्तै मसँग विवाह गर्नेछ । म उसको इशारामा चलिरहेँ ।
विस्तारै विस्तारै मलाई उसको व्यवहार फरक महशुष हुन थाल्यो । विवाहको कुरा टर्दे गयो र उसको व्यवहार कटु हुँदै गयो । ऊ मलाई धोखा दिँदै थियो । यो महशुष हुने समयसम्म मैँले दुई पटक गर्भपतन गरिसकेकी थिएँ ।
उसको म बाहेक कयौँ महिलासँग सम्बन्ध थियो । मेरो लागि यो घटना पहिलेभन्दा ज्यादै ठुलो थियो ।
म डिप्रेशनमा पुगेँ ।
विस्तारै हिम्मत जुटाएँ र ऊविरुद्ध एफआईआर गराएँ ।
यो सबै मेरा लागि निकै मुश्किल थियो तर मलाई जिउनु थियो ।
म खुशी छु कि मैँले हिम्मत हारिनँ र परिस्थितिसँग लडेँ ।
म जति एक्लो छु, त्योभन्दा बढी आत्मनिर्भर पनि…!