पूर्व सभामुख महराले सफाइ पाएको त्यो घटना…

फागुन ५, काठमाडौं । गत असोज १३ गते संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले पूर्व सभामुख कृष्णबहादुर महराले आफूलाई जबरजस्ती करणी गरेको आरोप लगाइन् ।  

ती महिलाको आरोप र दाबीसहितको भिडियो सार्वजनिक भएपछि असोज १३ गते पदबाट राजीनामा दिएका महरालाई १९ गते सभामुख निवास बालुवाटारबाट प्रहरीले नियन्त्रणमा लियो ।  

घटना भएको पर्सी पल्ट असोज १४ गते प्रहरीले शाहीको डेराबाट महराले ल्याएका रक्सीको बोतल, घम्साघम्सीमा भाँचिएको महराको चस्माको खुट्टा र कोठाबाट हतारमा निस्किँदा छुटेको जुत्ताको तलुवालगायत सामान समेत बरामद गरेको थियो ।  

यद्यपी घटना सार्वजनिक भएको केही दिनपछि पीडक भनिएकी शाहीले महरा निर्दोष भएको र कसैले फसाएको दाबी गरेकी थिइन् भने महराले पनि आफूमाथि झुटो आरोप लागेको दाबी गरेका थिए । 

प्रहरीमा उजुरी दिएकी शाहीले स्वास्थ्य परीक्षण गर्न पनि मानेकी थिइनन् । पछिल्लो समय ‘आफू डिप्रेसनको शिकार भएको र के बोलेँ थाहा नभएको’ बताएकी थिइन् ।  

घटनाक्रमकै समयमा रोशनी र उनका श्रीमानबी सम्बन्ध विच्छेद् समेत भएको थियो । रोशनीले बयान लिने क्रममा प्रहरीले आफूलाई टर्चर दिएर बाध्य पारी त्यस्तो बोल्न समेत दाबी गर्न भ्याएकी थिइन् ।  

तत्कालीन जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो। आज भने महराले बलात्कार प्रयास मुद्दामा सफाई पाएका छन् । 

अभियोगमा गरिएको मागदाबीमा प्रमाण नपुगेको भन्दै जिल्ला अदालतका न्यायधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।  

आइतबार महराका पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायत ८ वकिलले बहस गरेका थिए। सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलले जवाफ दिएका थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =